Anesthesia Assistant
- Category Abroad Study
- Location Jomsom, Gandaki, Gorkha District
- Job Level Mid Level
- Salary Nrs. Negotiable Monthly
- Desired Candidate Both(Female, Male)
- Experience 1 + year
- Expiry date Feb 21, 2025 (10 days left)
- Vehicle License no
Job Description
गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय प्रदेश अस्पताल
जोमसोम, मुस्ताङ, नेपाल, फोन नम्बर: ०६९-४४०२९१
पदपूर्ति सम्बन्धि सूचना
तेस्रो पटक प्रकाशित मितिः २०८१/१०/२५ गते
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश मातहत यस प्रदेश अस्पतालमा शल्यक्रिया सहितको आकस्मिक प्रसुति सेवा (CEONC) को लागि जनशक्ति व्यवस्थापन गर्न तपसिलका पदमा गण्डकी प्रदेश सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि, २०७९" बमोजिम चालु आ.व. २०८९ / ०८२ असार मसान्तसम्मको लागि सेवा करारमा पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।
बिज्ञापन नं. ६/०८१-८२
पद: एनेस्थेसिया सहायक (Anesthesia Assistant)
तह: स्वास्थ्य सेवा/विविध / एनेस्थेसिया / पाँचों तह
न्युनतम शैक्षिक योग्यता: कम्तिमा १ वर्षसम्मको एनेस्थेसिया सम्बन्धि तालिम प्राप्त हुनुपर्ने र एक दर्ता भएको हुनुपर्ने ।
माग पद संख्या: १ (एक)
काम गर्नु पर्ने ठाँउ: प्रदेश अस्पताल, जोमसोम
नोट:
दरखास्त फाराम तथा पेश गर्न निकायः यस अस्पतालको वेभसाईट mdh.gandaki.gov.np मा दिईएको फाराम डाउनलोड गरी भरेर दरखास्त फारामसँग संलग्न गर्नुपर्ने कागजातसहित प्रदेश अस्पताल, जोमसोममा दरखास्त पेश गर्नु पर्नेछ ।
१. दरखास्त फारामसँग संलग्न गर्नु पर्ने कागजातहरु:
क. उम्मेदवारको अध्यावधिक व्यक्तिगत विवरण, नेपाली नगरिकताको प्रमाणपत्रको प्रतिलिपी, एस. एल. सी. / एस. ई. ई. र सो भन्दा माथिका शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीहरु, म्याद कायम रहेको / नवीकरण गरिएको सम्बन्धित काउन्सिलको प्रमाण पत्रको प्रतिलिपी सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभव र तालिम सम्बन्धि प्रमाण पत्रको प्रतिलिपी ।
ख. दरखास्त साथ पेश गरेको प्रमाणपत्रको प्रतिलिपिमा दरखास्तवाला स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।
ग. दरखास्त दिने अन्तिम दिन भित्र माथि २. क. मा उल्लेखित सम्पूर्ण कागजात एवं प्रमाणपत्र हासिल गरेको हुनुपर्नेछ । साथै समकक्षता खुलाउनु पर्ने आवश्यक भएमा सो समेत खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ। रीत नपुगेको, म्याद नाघेको तथा शर्त सहितको आवेदन दर्ता गरिने छैन ।
२. काम गर्नुपर्ने स्थान: श्री प्रदेश अस्पताल, जोमसोम ।
३. दरखास्ता दस्तुरः पाँचौं तहको लागि रु. ५००/- (रु. पाँच सय रुपैया) । (नोट: दरखास्त दस्तुर बुझाएको सक्कलै भौचर आवेदन फाराम साथ पेश गर्नु पर्नेछ ।)
क. कार्यालयको नाम : प्रदेश अस्पताल, जोमसोम ।
ख. कार्यालयको कोड: ३५००९४१०१४
ग. राजश्व शिर्षक नं. : ९४२२९ ( परीक्षा शुल्क)
घ. बैंक खाता नं.: २७२०२०००००१००१०००००१ (नेपाल बैंक लिमिटेड)
४. दरखास्त दिने अन्तिम मितिः २०८१ / ११ / ०९ गते शुक्रबार कार्यालय समयभित्र । उक्त दिन सार्वजनिक बिदा परेमा सो पछि कार्यालय खुलेको दिन सम्म हुनेछ ।
५. परिक्षाको किसिम: अन्तर्वाता ।
६. तलब: अस्पताल व्यवस्थापन समितिको निर्णय बमोजिम उपलब्ध हुनेछ ।
७. आवधि: चालु आ.व. २०८१ / ०८२ को अषाढ मसान्त सम्म ।
८. उम्मेदवार हुनको लागि योग्यताः
क. नेपाली नागरिक हुनुपर्नेछ ।
ख. उमेरको हकमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
ग. भ्रष्टाचार तथा फौज्दारी अभियोग सम्बन्धि मुद्दामा अदालत बाट सजाय नपाएको हुनुपर्नेछ ।
घ. भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुनुपर्नेछ ।
९. अन्तर्वार्ता मिति: पछि प्रकाशन गरिनेछ ।
![8651__6e174b34-8633-49a6-a6fe-7360a7afd3f9.jpg](https://www.kumarijob.com/storage/images/job/8651__6e174b34-8633-49a6-a6fe-7360a7afd3f9.jpg)
About Company
Administrator